Photo

April 7, 2008

राष्ट्रिय कलाकारहरुको माझमा रहदाको केही क्षण

Filed under: Uncategorized

गत सुक्रवार अपि्रल तारिक २००८का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे

उक्त दिन एकैक्षण भए पनि प्रवासी भूमीमा रमियो कार्यक्रमलाई जितु नेपाल शिवहरी पौडेल किरण केसीले झनै रमाईलो बनाएका थिए भने लोक तथा दोहोरी गायक पुर्षोक्त न्यौपाने अनिता खड्को स्टेजमानै गाईएको दोहोरी गीतले नेपालको दोहोरी साँझको झझल्को मेटाएको थियो

जिरे खुसा्रनिका टिमको कार्यक्रममा यो मेरो दोश्रो थियो पहिलो कार्यक्रम त्यति सफल भएन उहाँहरुले पनि त्यति सफल प्रस्तुति दिनु भएन तर यस पाली भने धेरै मिहिनेत गर्नु भयो

सायद जस्तै अन्य दर्शकहरु पनि दोश्रो पटकनै उपस्थित भएका थिए होला सबैले नयाँ खालको प्रस्तुती चाहेका थिए तर पनि जितु नेपाल शिवहरी पौडेल किरण के।सीले पहिलो कार्यक्रममा प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु यो कार्यक्रममा पनि दोहोर्याई रहेका थिए

 

 

दर्शकले जहिले पनि नयाँ नौलो प्रस्तुती चाहेको हुन्छ त्यसैले पहिला प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु दोश्रो पटक पनी फेरी नदोहोर्याई अर्को नयाँ खालको प्रस्तुती प्रस्तुत गर्दा अझै राम्रो हुने थियो कि

स्टेजमा पुर्षोक्तम न्यौपाने नेपाली पोषाक दौरा सुरुवाल लगाएर प्रस्तुत हुँदा उनको साथमा एक भित्ताको मात्र कपडा लगाएकी अहिलेकी अति हट समाचार तथा नायिका बनेकी सौजन्य सुब्बाको उपस्थितिले धज्जा उडाएको थियो

 


अर्की हट केक पवित्रा खड्काका पनि एक भित्ता भन्दा लामो कपडा थिएन अहिलेको फेशन भनौ या बिकृति उनको फेशन पनि त्यस्तै थियो सुसिल क्षेत्री सौजन्य सुब्बाको डान्समा सौजन्य सुब्बाले लगाएको डे्रस अनि उत्तेजनक थियो जसले दर्शकहरुको आँखा सुसिल क्षेत्री तर्फ भन्दा पनि सौजन्य सुब्बाको तर्फ बढी केन्द्रिकित भएको थियो कलाकार छनौट गर्ने आयोजकलाई धन्यवाद दिनै पर्दछ

भर्खरै लोक तथा दोहोरी गीतमा उदाउन खोजेकी अर्की लोक तथा दोहोरी गायिका अनिता खड्काको फेशन तथा हाउभाउ अति आकर्षक बर्णन गर्नै पर्ने खालको थियो दुई जना हटकेकको अगाडी उनी पटुकी गुन्यौचोलीमा थिईन् भर्खरैकी यौवन युवती भएतापनि उनले नेपाली पहिरनलाई भने कायमै राखेकी थिईन भने अर्की उद्घोषिका टिका ढकालको पहिरन पनि बर्णन गर्ने खालकै थियो उद्घोषिका भनिएता पनि उनिसँग उद्घोषिकामा हुने गुण कमै थियो त्यसैले पनि उनि कार्यक्रममा थोरै मत्र देखिईन आधुनिक गायक हिमाल सागरको प्रस्तुतिले दर्शकहरुलाई ताली बजाउन बाध्य बनाउन लगाएको जस्तो थियो एउटा गीतको लाईन गाएर सकिने बित्तिकै दर्शकलाई अनुरोध गर्दथे भावुक गीतमा पनि उनले ताली बजाउन अनुरोध गर्दथे गित गाउँदा गाउँदै स्टेजमानै पल्टिन्छन् कि झै लाग्थ्यो उनको स्वर गीतको शब्दहरु अति राम्रा थिए तर उनको गीत गाउदा गरीने हाउभाउ भने बढीनै थियो

स्थानिय कलाकारहरुलाई स्वागत गीत मात्र गाउन लगाइएको थियो यहाँका स्थानिय कलाकारहरु पनि राष्ट्रिय कलाकारहरु भन्दा कम थिएनन् तर पनि स्थानिय कलाकारहरुलाई स्थान दिइएको थिएन लोक दोहोरी गीतमा भने यूएइका लोक भाकाका चर्चित कलाकार असिम महतको समूहलाई बाध्यवादनमा समावेश गरिएको थियो

फ्लाई एती डट् कमले दर्शकहरुलाई चिठ्ा कार्यक्रम राखेको थियो जसमा दुई जना भाग्यमानी दर्शकहरुले फ्लाई एतिको टिकट आबुधावी काठमाण्डौ काठमाण्डौ अबुधावीको पाउन सफल भए

कार्यक्रमको बिच बिचमा नेपालीहरुले नेपालमाझै खोया विर्के धोकीसकेका थिए उनिहरुको कृयाकलाप समाजमा अपाच्य शब्दहरु कानमा ठोक्किन आईपुग्दा हामी कति अशभ्य रहेछौ भन्ने प्रष्टा थाहा हुन्थ्यो कार्यक्रमको अन्त्य तिर दर्शकहरु एक एक गर्दै स्टेजमा पुगेर दोहोरीमा नाच्न खोज्दा धन्नै दोहोरो भिडन्त भएन एक जना सेक्युरिटी गार्डले स्टेजबाट बाहिर जान अनुरोध गर्दा अलि बढि बल प्रयोग गर्न पुगेका थिए गायक पुर्षोक्तम न्यौपानेले भाइ साम्य भन्दा पनि नेपाली दर्शक झोक्कि रहेका थिए भने अन्यले हान हान भनिरहेका थिए त्यहाको स्थिति अझै बढेको भए नेपालीहरुको हालत कस्तो हुन्थ्यो होला अनुमान गर्न सकिन्छ किनकी यो ठाउँ नेपाल थिएन कानुन पनि अति कडा थियो

नव बर्ष २०६५ सालको पुर्व सन्ध्यामा नेपाल यूएई समन्वय माचले आयोजना गरेको उक्त साँस्कृतिक साँझ २०६५ मा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु जिरे खुसा्रनीका तीन हस्ती सिवहरी पौडेल किरण केसी जितु नेपाल लगायत लोक तथा दोहोरी गायक पुर्षोक्तम न्यौपाने अनिता खड्का उद्घोषिका टिका ढकाल नायिका पार्वती खड्का नव नायिका सौजन्य सुब्बा नायक सुसील क्षेत्री तथा आधुनीक तथा पप गायक हिमाल सागरको बेजोड प्रस्तुती रहेको थियो

यूएयका लागि नेपालका राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमखु अतिथि तथा नेपाल दुबई सास्कृतिक समन्वय माचका सभापति नारायण लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले रिवन काटी गर्नुभएको थियो भने कार्यक्रममा यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख ब्यक्तिहरुको उपस्थिति रहेको थियो उक्त संस्थाका संवाद सचिव बालचन्द्र पोख्रेलले आमन्त्रित अतिथि तथा उपस्थित सम्पूर्ण प्रवासी नेपालीलाई स्वागत गर्नु भएको थियो

स्थानिय कलाकार असिम महत लगायत अन्य कलाकारहरुद्धारा

यो प्रदेशी भुमीमा स्वागत उपस्थित सबैलाई दिलैदेखी हाम्रो स्वागत

हे। हे अाजुली बाँधी दिलै खोली हामी गर्छौ स्वागत भन्ने स्वागत गित गाएर सबैलाई स्वागत गरेका थिए

सास्कृतिक कार्यक्रमको पहिलो चरणमा नै नेपालका अति प्रख्यात नायक गायक तथा हास्य कलाकार किरण केसीले आफ्नै श्वरमा

नम्वर विर्षे मोवाईलको चिठि लेखौ कि हुलाकीले आँखा लाग्ला आफै भेटौ कि

हे दिल गजुर क्या राम्री छु भन्छु मेरी हजुर

साथै

तिमी जस्ती बुझकीले ढिप्पी कस्नु हुन्न

बाउ आमाले बिदा दिए माईत बस्नु हुन्न घर हिड घर हिड

दुई हात जोडी सके धरोधर्म माईली मैले र_िक्स छोडी सके
भन्ने शिर्षकका गीतहरु गाउदै दर्शकहरुसँगै ताल मिलाएर आफै गीत गाउँदै नाचेका थिए

जिरे खुसा्रनीका अर्का जल्दा बल्दा नायक तथा हास्य कलाकार जितु नेपाल आफ्नै भेष शैलीमा स्टेजमा प्रस्तुत हुदा दर्शकहरुले मुन्द्रे एस एल सी पास भनेर ब्यङ्ग गरेका थिए भने जितुले दर्शकहरुलाई पेच मिची मिची हसाउन सफल भएका थिए अहिलेका जल्दा बल्दा समस्या तथा राजनीतिक घोच पेच साथै नेपालका फेशन आदी बिषयहरुमा ब्यङ्ग हान्दै हसाएका थिए उनका प्रत्येक शब्दहरुमा दर्शकहरुको हासोको फोहोरा छुटेको थियो जितु नेपालले नेपाल दुबईका बिषयबस्तुलाई समेटेर बिच बिचमा दर्श सफल भएका थिए

आउछौ भनि बस्नेछु आशैमा खरले छाएको झुपडीको बासैमा

हावा चलेको कस्लाई पो थाहा छ र यो मन जलेको
भर्खरै लोक गायनमा छिरेकी नव गायिका अनीता खड्काले अति मिठो लयमा गीत गाउँदा गीतमा पनि प्रदेशीहरुको घरमा प्रदेशीलाई नै कुरेर बसेको शब्दहरुले रचित तथा उक्त गीतले पनि प्रदेशीका पिडाहरुलाई नै छोएको थियो

अति कामुक नृत्य प्रस्तु गरी दर्शकहरुलाई तताउन नायिका पवित्रा खड्का सफल भएकी थिईन्

नेपालका लोक तथा दोहोरी गीतमा अति चर्चामा आएका अति प्रख्यात गायक पुर्षोत्तम न्यौपानेले अति प्रचलित लोक गीत

मायाँको जातै तकडा

कहाँ देख्यौ कहाँ देखौ भईरहेने भेटे झगडा भन्ने भाकाको गीत गाएका थिए भने

धिक्कारै फुल सिमीलाई

शिरमा सानुरीमै चढ्यौ मन्दिरमा आखिर सबले कुल्चे तिमीलाई

भर्खरै आएको नयाँ लोक गीतको भाकाको गीत प्रस्तुत गरेका थिए

हेर हेर पुर्वबाट झुल्किएछ घाम मैले तिम्रो लेखिसके यो छातीमा नाम बरदान बरदान

तिम्लाई के भयो तिम्लाई के भयो

भन्ने गीतमा नेपालका अती प्रख्यात तथा लोकपि्रय नायक सुसील क्षेत्री तथा भर्खरै चलचित्र क्षेत्रमा उदाएकी नव नायिका सौजन्य सुब्वाले कामुक नृत्य गर्दा दर्शकहरु पनि तालमा ताल मिलाउदै नाच्नेको भिड लागेको थियो

अहिलेका अति लोकपि्रय युवा तथा युवतीको ढुक ढुकीमा बस्न सफल तथा अति लोक पि्रय आधुनीक गीत दर्शकहरुसाम ल्याउन सफल गायक हिमाल सागरले

मैले लेखे उनले लेखीन् खै कस्ले लेख्यो आशु सरी जिन्दगीको मेरो कथा
अती लोकपि्रय आधुनिक गीत गाउँदा दर्शकह्ररुको ताली तथा सिटीले हल अती गुाजयमान भएको थियो भने यूएईबाट नै सुटिङ्गको सुरु गरिएको नेपाली चलचित्र मातृभुमीको अति मार्मिक गीत गाउँमै नपुगेको सयौ बर्ष भयो साथी भाई आफन्तलाई नदेखेको मेरो त्यो गाउँ मेरो त्यो ठाउँ हा हा भन्ने अति मार्मिक शब्दहरुले रचिएको गीत गाउँदा दर्शकहरु सबै स्तब्द देखिन्थे बर्षौ सम्म गाउँमा नफर्किएको प्रदेशीको पिडाका शब्दहरुले भरिएको अति मार्मिक गीत थियो उनको पहिलो गीतलाई वान्स मोर भन्दै धेरै दर्शकहरुको अनुरोधमा दोश्रो पटक पनि गाएका थिए


कार्यक्रम रोचक त्यतिबेला भयो तब स्टेजमा शिवहरी पौड्याल किरण केसी सौजन्य सुब्बाको प्रहसन ईमरजेन्सी वार्डको प्रस्तुती आयो करिब २० मिनेटको उक्त प्रहसनले नेपालको समसामाहिक बिषयबस्तुहरुलाई समिटिएर प्रस्तुत गरिएको थियो उक्त प्रहसनको अवधीमा दर्शकहरु पेच मिची मिची हासेका थिए तर अन्त्यमा अति मार्महिकरुपमा अन्त्य हुदा दर्शकहरु भावुक देखिन्थे देशलाई विभिन्न सत्ताधारी तथा राजनीतिक दलहरुले बर्षौ देखी चिथरी रहेको नेपाली आमाको चित्त दुखेको शन्देस उक्त प्रहसनले दिएको थियो


लोक गीतका धनी पुर्षोत्तम न्यौपाने नेपाली पहिरन दौरा सुर्वाल ढाका टोपीको पहिरनमा स्टेजमा उपस्थित हुदा प्रवासी नेपालीहरुले तालीले स्वागत गरेका थिए भनॆ अति लोक पि्रय गीत

पुर्वैमा झ्याल राखे झल्को आउँदा भेटहुन मन लाग्दा मआउछु ख्याल राखे भन्ने भाकाको गीत प्रस्तुत गरेका थिए जसमा सौजन्य शुब्बाको अभिनय रहेको थियो उक्त गीतमा सौजन्य सुब्बाले नृत्य पनि गरेकी थिईन्

मयाँले मार्र्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्र्यो भन्ने भाकामा पुर्षोत्तम न्यौपाने अनिता खड्काको दोहारी जम्दा दर्शकहरु आडैमा बसेका अन्य दर्शकहरुको पनि ख्याल नगरी कुसर्ी सार्दै नाच्नमा ब्यस्थ देखिन्थे भने अन्य दर्शकहरुले कुसर्ीबाटनै हातका तालीले साथ दिएका थिए मध्य रातको ११ बजेको मौशममा पनि हलमा अझै रौनक छाएको थियो एक आपसमा गीतका भाकाले घोचाघोच गरीरहर्दा दर्शकहरुले पनि गीतको भाकामा साथ दिदा वरपरको वातावरण पनि संगितमय भएको थियो

आदी खोला उर्लेर आयो आउने थिईन मायाँले बोलायो भन्ने अर्को भाकाको गीतमा दोहोरी गाउँदा हलमा दर्शकहरुको नाच्ने भीडले अति रमाईलो भएको थियो भने पुर्षोक्तम न्यौपाने अनिता खड्काले दोहोरी गाई रहदा दर्शकहरु स्टेजमा पुगेर नाचेर आफ्नो धोका पुरा गरेका थिए दर्शकहरुको भिडले गर्दा गीत पुरा हुन नपाउदै टुग्याउनु परेको थियो भने त्यहाँ उपस्थित सेक्युरिटी गार्डले भिडलाई साम्य मार्न धौ धौ परेको थियो उक्त प्रत्यक्ष लोक दोहोरी गीतमा संगीत भरेका थिए असिम महत उनका साथीले

कार्यक्रमलाई मुख्य प्रायोजन गरेको थियो वस्टन यूनियन मनि ट्रान्सफर सह प्रायोजन यूएई एक्सचेन्ज फ्लाई एति यरलाईन्स जिएमटी ट्राभल्स पाईनर इन्सुरेन्स नेपाली चाईनीज रेष्टुरेष्ट टिम ट्राभल्स सुपरजेट ट्राभल्स आदीले कार्यक्रमको प्रायोजन गरेका थिए


संस्थाका कोषध्यक्ष खिमलाल पाण्डे तथा सहकोषाध्यक्ष राधाकृण्णा पाण्डे द्धारा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई ब्याज बितरण गरेका थिए कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो यातायात ब्यवस्थामा भिम गुरुङ्ग तथा कृष्ण सुवेदीले ठुलो सहयोग गरेका थिए संस्थाका सचिब डोलराज काफ्लेको कार्यक्रमलाई सफल बनाउन ठुलो भुमिका रहेको थियो

कार्यक्रम बजे सुरु हुने भनिएता पनि रातको करिव साढे सात बजे सुरु भएर करिव मध्यारतको ११ बजे कार्यक्रम समाप्त भएको थियो

यूएईमा केही समय यता नेपालबाटनै ख्यातीप्राप्त कलाकारहरु आएर कार्यक्रम गरिएको थिएन त्यसैले पनि यो कार्यक्रम अन्य कार्यक्रमहरुभन्दा केही सफल भएको उपस्थित दर्शकहरुको भनाई थियो भने केही अपवादहरु प्नि देखिएको थियो कार्यक्रममा नेपालीहरुले होहल्ला गर्दा त्यहाँका सेक्युरिटी गार्डहरुलाई साम्य पार्न कठीन भएको थियो कार्यक्रमको अन्त्य सम्म पनि दर्शकहरुको उत्तीकै भिड थियो कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो यातायात ब्यवस्थामा भिम गुरुङ्गले ठुलो सहयोग गरेका थिए

पहिलो कार्यक्रम साचालन संस्थाका महा सचिव तेज आचार्यले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम टिका ढकाल जितु नेपालले साचालन गरेका थिए

Comments »

The URI to TrackBack this entry is: http://smriti.blogsome.com/2008/04/07/p4/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft